बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ २०, २०८३
  • 136
    SHARES

काठमाडौँ –   भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्दै छन्।

 

 

 

भ्रमणका क्रममा लामिछानेले मङ्गलवार नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयमा त्यहाँको शीर्ष नेतृत्वसँग महत्त्वपूर्ण राजनीतिक तथा कूटनीतिक छलफल गरेका छन् । उनले भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन, महासचिव अरुण सिंह, विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसहित दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता कपुरसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् ।

त्यसै गरी, सभापति लामिछानेले भारतका विदेश मन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि छुट्टाछुट्टै भेटेका छन् । ती भेटमा नेपाल-भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबिचको संवाद र सहकार्यका विषयमा विचार-विमर्श भएको रास्वपाले जनाएको छ ।

दुई छिमेकी राष्ट्र बिचको ऐतिहासिक, सांस्कृतिक र जनस्तरको सम्बन्धलाई समयानुकूल थप प्रगाढ तुल्याउँदै लोकतान्त्रिक मूल्य-मान्यतामाथिको संवादलाई फराकिलो बनाउनु यो भ्रमणको मुख्य उद्देश्य रहेको बताइएको छ । भेटमा सुदृढ साङ्गठनिक निर्माण, तल्लो तहसम्मको जनसम्पर्क, विकासमुखी सुशासन र समकालीन राजनीतिमा नयाँ पुस्ताको नेतृत्वदायी भूमिकासम्बन्धी रणनीतिक अनुभवहरू आदानप्रदान भएको रास्वपाले सामाजिक सञ्जालमार्फत उल्लेख गरेको छ ।

उच्चस्तरीय भ्रमण टोलीमा सभापति लामिछानेसहित रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपक बोहरालगायत सहभागी छन् । भाजपाको निमन्त्रणामा भारत गएको यो टोली जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)