बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुनचाँदीको मूल्य घट्यो


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २२, २०८३
  • 109
    SHARES

काठमाडौँ-  स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रु दुई हजार १०० र चाँदी रु ५५ ले घटेको हो ।

 

 

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु तीन लाख नौ हजार कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार २३० निर्धारण भएको छ ।

हिजो बिहीबार एक तोला सुनको मोल रु तीन लाख ११ हजार १०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य रु पाँच हजार २८५ निर्धारण भएको थियो । गत बुधबार एक तोला सुन रु तीन लाख ११ हजार ३०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ३७० मा खरिदबिक्री भएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४४३ र त्यति नै परिमाणको सेतो धातुको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)