बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ २५, २०८३
  • 91
    SHARES

काठमाडौँ – सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अनुसन्धानमा थुनामा रहेका प्रतिवादी दीपक भट्ट र सुलभ अग्रवालको अनुसन्धान म्याद फेरि थप गरिएको छ।

विशेष अदालतका अनुसार दीपक भट्टको हकमा आठौँ पटक र सुलभ अग्रवालको हकमा नवौँ पटक अनुसन्धानका लागि थुनामा राख्ने अवधि थप गर्न अनुमति दिइएको हो।

 

विशेष अदालतका सदस्य न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले अनुसन्धानलाई निरन्तरता दिन आवश्यक भएकाले म्याद थप गर्ने आदेश दिएको अदालतले जनाएको छ।

सम्बन्धित निकायको अनुरोधमा दुवै प्रतिवादीलाई थप समय उपलब्ध गराइएको हो। अनुसन्धानको प्रगतिअनुसार आगामी कानुनी प्रक्रिया अघि बढाइने बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)