बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रविविरूद्ध पर्सामा रहेको संगठित अपराधको कसुर फिर्ता, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ २६, २०८३
  • 103
    SHARES

काठमाडौं –  जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सानो पाइला सहकारी ठगी प्रकरणमा लगाइएको संगठित अपराधको आरोप हटाउने आदेश दिएको छ।

महान्यायाधिवक्ताको निर्णयअनुसार सरकारी वकिलहरूले आरोपपत्र संशोधनका लागि अदालतमा निवेदन दिएका थिए। सोही निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश मोहन सुवेदीको इजलासले आरोपपत्र संशोधन गर्न आदेश दिएको पर्साका जिल्ला न्यायाधिवक्ता मोहनप्रसाद गुप्ताले जानकारी दिए।
अदालतको आदेशसँगै अब सानो पाइला सहकारी ठगी मुद्दामा आरोपित र पीडित पक्षबीच मिलापत्र गर्ने कानुनी बाटो खुलेको छ। दुवै पक्षबीच सहमति भएमा मुद्दा फिर्ता लिन सकिने व्यवस्था रहेको छ।

 

सरकारी वकिलको कार्यालय, पर्साले २०८२ असार १ गते सानो पाइला सहकारीको रकम हिनामिना गरेको आरोपमा रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा आरोपितहरूबाट ५ करोड ७४ लाख रुपैयाँ बिगो असुल गर्न मागदाबी गरिएको थियो।

संगठित अपराधको आरोप हटेसँगै सहकारी ठगीसम्बन्धी मुद्दाको कानुनी प्रक्रियामा नयाँ मोड आएको छ भने सम्भावित मेलमिलापको बाटो समेत खुलेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)