बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालले भारतको भूमि मिचेको पुष्टि गर्न खोज्ने सांसद देखेर लज्जित छु : भीष्मराज आङदेम्बे


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ २७, २०८३
  • 111
    SHARES

काठमाडौँ –  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नेपालले भारतको भूमि मिचेको पुष्टि गर्न खोज्ने केही सत्तापक्षीय सांसदहरूको गतिविधिप्रति आपत्ति जनाउँदै आफू लज्जित भएको टिप्पणी गर्नुभएको छ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता आङदेम्बेले नेपालले कसैको भूमि मिचेको छैन भन्ने पक्षमा उभिनुपर्ने बेला केही सांसदहरू उल्टै नेपालले भारतको सीमा मिचेको प्रमाण खोज्न लागिपरेको आरोप लगाउनुभयो।

उहाँले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि भएको विषयमा कुनै द्विविधा नरहेको उल्लेख गर्दै उक्त विषयको समाधान उत्तेजना वा आवेशबाट नभई संयमित र गम्भीर कूटनीतिक संवादमार्फत खोजिनुपर्ने बताउनुभयो।

 

“लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो, लिम्पियाधुरा हाम्रो हो। यही संसदले ती भूभाग समेटिएको नक्सा पारित गरेको दुनियाँलाई थाहा छ,” उहाँले भन्नुभयो, “यो विषयको समाधान आवेग र उत्तेजनाले होइन, संवाद र कूटनीतिक प्रक्रियाबाट हुनुपर्छ। त्यसका लागि पक्ष–विपक्ष सबै सरकारको साथमा छौँ।”

आङदेम्बेले सरकार र सत्तारुढ दलले भने यो संवेदनशील विषयप्रति अपेक्षित गम्भीरता नदेखाएको आरोप लगाउनुभयो। उहाँले लोकतान्त्रिक प्रणालीमा सरकार, पार्टी, प्रधानमन्त्री र संसदका भूमिका फरक–फरक हुने उल्लेख गर्दै आवश्यक पर्दा आफ्नै सरकारको आलोचना गर्न सक्ने राजनीतिक संस्कार नेपाली कांग्रेसमा रहेको दाबी गर्नुभयो।

उहाँले वर्तमान संसदमा सत्तापक्षबाट सरकारलाई प्रश्न गर्ने क्षमतामा कमी आएको भन्दै चिन्ता व्यक्त गर्नुभयो। “सत्ताको कित्ताबाट कसैले ‘मेरो देशले कसैको सीमा कहाँ मिचेको छ?’ भनेर प्रश्न गर्ला भन्ने अपेक्षा थियो,” उहाँले भन्नुभयो, “तर केही सांसदहरू उल्टै नेपालले भारतको भूमि मिचेको हो भन्ने पुष्टि गर्न न्वारनदेखिको बल लगाएर दौडिरहेका छन्। यस्तो गतिविधि जनताले पनि रुचाउँदैनन्।”

आङदेम्बेले राष्ट्रिय हित र सीमा सम्बन्धी विषयमा सबै राजनीतिक दल एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै संसदमा राष्ट्रिय स्वाभिमानको पक्षमा स्पष्ट धारणा आवश्यक रहेको बताउनुभयो।

यस्तो छ  सम्बोधनको पूर्णपाठ:

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)