बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चार अङ्कले घट्यो नेप्से परिसूचक


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २९, २०८३
  • 161
    SHARES

काठमाडाैँ –   धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक चार अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार अङ्कले घटेर दुई हजार सात सय २४ दशमलव शुन्य तीन अङ्कमा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक शुन्य दशमलव ५३ अङ्कले ओरालो लागेर चार सय ६७ दशमलव ०९ अङ्कमा सीमित भएको छ । कूल तीन सय ४२ कम्पनीको ९८ लाख ५६ हजार पाँच सय २५ कित्ता शेयर रु चार अर्ब ३४ करोड १० लाख ९४ हजार सात सय ६४ मूल्यमा खरिद बिक्री भएको छ ।

 

नेप्सेका अनुसार, कारोबार भएकामध्ये ९१ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने एक सय ६७ कम्पनीको शेयर मूल्य भने घटेको छ । यस्तै, १३ कम्पनीको भने कुनै परिवर्तन भएको छैन । कारोबारका आधारमा सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा छ । यस्तै, सिटी होटल, आँखु खोला जलविद्युत् कम्पनी, हिमाल दोलखा हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल लिमिटेड शीर्ष पाँचमा पर्न सफल भएका छन् ।

सोपान फर्मा फर्मासिटिकल्स, अपोलो हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्कीम र हिमाल दोलाखा हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस्तै, कालिञ्चोक हाइड्रोपावर, एसबिएल डिवेञ्चर, नेपाल एबिआई बैंक डिवेञ्चर, सप्तकोशी डेभलपमेन्ट बैंक र केबिएल डिवेञ्चरका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)