आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली कलाकार प्रस्तोता समाज बेलायतले स्थापना दिवस मनाउने


  • माउन्टेन खबर
  • बुधबार, असार ३, २०८३
  • 242
    SHARES

सुनिल संगम- १६ जुन २०२६ बेलायत

नेपाली कलाकार प्रस्तोता समाज बेलायतले समाजको चौथौँ स्थापना दिवस भव्य रूपमा मनाउने भएको छ। आश्फोर्ड केन्टको Parish Hall Church Yard, TN23 1QG मा १८ जुलाई २०२६ को साँझ एक भव्य मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।

समाजका सचिव शोभराज गुरूङले जानकारी दिए अनुसार कार्यक्रमलाई थप व्यवस्थित, रोचक, आकर्षक र भव्य बनाउन विभिन्न उप-समितिहरू बनाई जिम्मेवारी समेत तोकि सकिएको छ। स्थापनाको चार वर्षदेखि निरन्तर चार्डपर्व, नयाँ वर्ष र समाज स्थापनाको बार्षिक उत्सवका अवसरहरूमा विभिन्न कार्यक्रमहरू हुदै छ ।

नयाँ कलाकारहरूलाई प्रोत्साहन तथा पुराना अग्रज कलाकारहरूको सम्मान गर्दै परदेशी भूमिमा पनि कला सँस्कृतिको सम्बर्धन तथा प्रवर्धन गर्ने उध्यश्य सहित यो समाजको सुरुवात गरिएको थियो  । बेलायत बासी सम्पूर्ण कलाकारहरूलाई गोलबद्धपारि समाज अगाडी बढिरहेको कुराको थप जानकारी समाजका अध्यक्ष थीर थापाले दिएका छन् ।  उक्त कार्यक्रममा उपस्थितिका लागि बेलायतबासी सम्पूर्ण नेपालीहरूमा हार्दिक अनुरोध पनि गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)