बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विनियोजन विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित


  • माउन्टेन खबर
  • शुक्रबार, असार ५, २०८३
  • 160
    SHARES

काठमाडौँ- प्रतिनिधि सभाबाट आर्थिक बर्ष २०८३/८४ को विनियोजन विधेयक पारित भएको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राख्नुभएको प्रस्ताव प्रतिनिधि सभाबाट बहुमतले पारित भएको हो ।

 

 

सरकारले बजेट ल्याउँदा विनियोजन विधेयकसहित राष्ट्र ऋण उठाउने विधेयक, आर्थिक विधेयक लगाएतका विधेयकहरु पनि ल्याउने गरेको छ ।

विनियोजन विधेयकले सरकारको खर्च सम्बन्धी व्यवस्था समेटेको हुनाले विनियोजन विधेयक पारित भएसँगै बजेट पनि पारित भएको छ ।

प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक पारित हुनुअघि खर्च कटौति सम्बन्धी करिब डेढ दर्जनवटा प्रस्तावहरु अस्वीकृत भएका थिए ।

सरकारले आगामी आर्थिक वर्षका लागि गत जेठ १५ गते २१ खर्ब २४ अर्ब रुपैयाको बजेट ल्याएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)