बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट


  • माउन्टेन खबर
  • बुधबार, असार १०, २०८३
  • 120
    SHARES

काठमाडौं –  पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको छ।

पौडेलकी पत्नीले दायर गरेको रिटमा उनलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको उल्लेख गर्दै तत्काल रिहा गर्न माग गरिएको छ। रिटमा कुनै ठोस प्रमाणबिना पक्राउ गरी हिरासतमा राखिएको दाबी गर्दै बन्दीप्रत्यक्षीकरण आदेश जारी गर्न आग्रह गरिएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धानका लागि प्रहरीले पौडेललाई हिरासतमा राखेको छ। यसैबीच, विशेष अदालतले मंगलबार उनलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

सर्वोच्च अदालतले उक्त रिटमाथिको सुनुवाइका लागि बिहीबार पेसी तोकेको छ।

पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई कोहलपुर हुँदै सार्वजनिक सवारी साधनमार्फत रातारात काठमाडौं ल्याइएको जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)