बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो


  • माउन्टेन खबर
  • बिहिबार, असार १८, २०८३
  • 112
    SHARES

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८ दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ६६१ दशमलव ७१ मा पुगेको छ ।

 

 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ८९ अङ्कले उकालो लागेर ४६२ दशमलव ४७ मा पुगेको छ । फ्लोट सूचक शूल्य दशमलव ९९ अङ्कले बढेर १८२ दशमलव ६१ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने एक दशमलव ३९ अङ्कले बढेर १५६ दशमलव ६८ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका ८९ लाख ६४ हजार २२३ कित्ता सेयर रु चार अर्ब ११ करोड ७७ लाख ८५ हजार ७०० मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर बढ्यो भने अन्य आठ उपसमूहको सेयर मूल्य घटेको छ ।

नेप्सेका अनुसार अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी, खलगा हाइड्रोपावर कम्पनी, स्नोरिभर लिमिटेड र सानीगाढ हाइड्रोपावर कम्पनीले कमाएका छन भने एनआइसी एसिया डिबेञ्चर, भुजुङ हाइड्रोपावर, सामुदायिक लघुवित्त संस्था लिमिटेड, सिवाइसी लघुवित्त संस्थालगायत कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)