बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेप्से परिसूचकमा झण्डै २० अङ्कको गिरावट


  • माउन्टेन खबर
  • बिहिबार, असार २५, २०८३
  • 69
    SHARES

काठमाडौँ –  साताको कारोबार हुने एक दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचक १९.६७ अङ्कले घटेर २६०१.९२ विन्दुमा ओर्लिएको हो ।

बजारमा गिरावट आए पनि कारोबार रकम सामान्य देखिएको छ । आज बजारमा कुल ३६१ कम्पनीका ८७ लाख ५१ हजार ३८० कित्ता सेयर खरिदबिक्री हुँदा कुल ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

 

आज बजारमा तीव्र गिरावट देखिँदा २२९ कम्पनीको सेयर मूल्य घटेको छ । जम्मा ४२ कम्पनीको मूल्यमा वृद्धि भएको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

घटेको बजारमा सबै समूहमा गिरावट आएको छ । आज सबैभन्दा धेरै ट्रेडिङ क्षेत्रमा गिरावट २.३६ प्रतिशतले घट्दा विकास बैंक, उत्पादनमूलक उद्योग र म्युचुअल फन्डको मूल्य पनि एक प्रतिशत भन्दा धेरैले घटेको छ ।

आज उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक १२.६८ प्रतिशत नाफा कमाएका छन् । त्यस्तै स्नो रिभर लिमिटेडका मूल्य ११.७६ प्रतिशतले बढेको छ । मूल्यमा सबैभन्दा धेरै गिरावट भने बैंक अफ काठमाण्डूको डिवेञ्चरको भएको छ । यसको मूल्य ८.६६ प्रतिशतले घट्यो ।

सर्वाधिक कारोबार हुने कम्पनीमा ग्लोबल आईएमई बैंकको ऋणपत्र अग्रस्थानमा छ, जसको ३५ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसै गरी सिद्धार्थ बैंक, बैंक अफ काठमाडौँको ऋणपत्रहरू क्रमशः २८ करोड ६५ लाख र को २० करोड ८६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)