आइतवार, साउन १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रधानमन्त्रीको निर्देशन


  • माउन्टेन खबर
  • बिहिबार, साउन ७, २०८३
  • 54
    SHARES

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन निर्देशन दिनुभएको छ ।

 

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अर्ग्यानिक कृषि व्यवसायीको छाता सङ्गठन ‘अर्ग्यानिक एसोसियसन नेपाल’ का पदाधिकारीले उहाँसँग गर्नुभएको छलफलका क्रममा उहाँले त्यस्तो निर्देशन दिनुभएको हो ।

नेपालमा अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन गर्दछु”, प्रधानमन्त्री शाहले भन्नुभयो । अर्ग्यानिक उत्पादनमा अन्तरराष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तरराष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी स्वदेशमै स्थापना हुनुपर्ने माग व्यवसायीको थियो ।

अर्ग्यानिक उत्पादनको अन्तरराष्ट्रिय प्रमाणीकरण गर्न महँगो हुने गरेकाले प्रमाणीकरणमा दिइँदै आएको ७५ प्रतिशतसम्म अनुदान पनि बन्द भएकामा त्यसलाई पुनःसञ्चालन गर्न पनि व्यवसायीहरूले माग गर्नुभएको थियो । सो मागका सम्बन्धमा प्रधानमन्त्री शाह सकारात्मक हुनुभएको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शाहले अनियन्त्रित रासायनिक मल र विषादीको नियन्त्रण गर्दै अर्ग्यानिक कृषि प्रवर्द्धनका लागि सरकारले आवश्यक कदम चाल्ने बताउनुभयो । प्राङ्गारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई सहयोग अनुदान दिनुपर्ने व्यवसायीको मागअनुरूप व्यवस्था गर्नसमेत प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

त्यसैगरी अर्ग्यानिक मलको उत्पादन वा खरिद गर्न रासायनिक मलले पाएको सुविधासरह सुविधा हुनुपर्ने मागमा सरकार सकारात्मक रहने प्रधानमन्त्री शाहको भनाइ छ । अर्ग्यानिक उत्पादन निर्यातमा सरकारले दिने गरेको अनुदान दुई वर्षयता रोकिएकामा उक्त समस्या कानुनी रूपमै निराकरण गर्ने प्रयासमा सम्बन्धित मन्त्रालयले कार्यविधि बनाइरहेको उहाँले बताउनुभयो ।

छलफलमा एसोसियसनका अध्यक्ष दीपक बास्कोटा, महासचिव शान्ता बास्कोटा कोइराला, सदस्यहरू तथा गोर्खा टिइस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन साङ्ग्रिला टिफ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्ग्यानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष फर्शुराम आचार्य सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)