बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संसदीय सुनुवाइ समितिको बैठक बस्दै


  • माउन्टेन खबर
  • बुधबार, साउन १३, २०८३
  • 56
    SHARES

काठमाडौँ-   सङ्घीय संसद् मातहतका दुई संसदीय समितिको बैठक बस्दैछ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्ने कार्यक्रम तय भएको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम छ । यस्तै, प्रमुख आयुक्तमा प्रस्तावित कार्कीलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गरिनेछ । समितिको बैठक बिहान ११ः१५ बजे बस्नेछ ।

समितिले मङ्गलबार आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्ले र डा राजीव सुब्बालाई आमन्त्रण गरी सुनुवाइ गरेको थियो ।

यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा ‘आर्थिक वर्ष २०८३÷८४ को वार्षिक कार्ययोजनाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)