मङ्लबार, भदौ १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री शाह र रास्वपाका सभापति लामिछानेबीच भेटवार्ता


  • माउन्टेन खबर
  • सोमवार, भदौ १५, २०८३
  • 33
    SHARES
फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका विषयमा छलफल भएको छ।

प्रधानमन्त्री शाह र लामिछानेबीच बाढीका कारण प्रभावित नागरिकको उद्धार तथा राहतलाई प्रभावकारी बनाउने र क्षति पुगेका भौतिक संरचनाको पुनःस्थापनालाई तीव्रता दिने विषयमा समेत छलफल भएको थियो।

सो क्रममा प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच तथा पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरूलाई पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराउनुभएको थियो।

प्रधानमन्त्री शाहले प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनेसँगै क्षतिग्रस्त संरचना पुनर्निर्माण तथा पुनःस्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)