शनिबार, भदौ २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार


  • माउन्टेन खबर
  • शनिबार, भदौ २०, २०८३
  • 35
    SHARES

काठमाडौँ-  बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना (२१६ मेगावाट) को अडिट–४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ ।

 

 

नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले संयुक्त रूपमा केहीबेरअघि टनेलभित्र फसेका ती चिनियाँ नागरिकलाई सकुशल उद्धार गरेको हो ।

उद्धार गरिएका व्यक्तिलाई उपचार तथा आवश्यक स्वास्थ्य परीक्षणका लागि नुवाकोटको त्रिशूलीस्थित मैथिली ब्यारेकतर्फ ल्याइँदै गरिएको जनाइएको छ ।

बाढी गएको ११औँ दिनमा टनेलबाट चिनियाँ नागरिकको उद्धार भएको हो । लामो समयसम्म टनेलभित्र फसेका व्यक्तिको उद्धार सफल भएपछि उद्धार टोलीले महत्वपूर्ण सफलता हासिल गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)