मङ्लबार, भदौ २३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेस महामन्त्री घिमिरेलाई प्रश्न: पार्टीको विवाद समाधान उन्मुख भएको हो ?


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ २३, २०८३
  • 48
    SHARES

काठमाडौँ –   नेपाली काँग्रेसले गत पुसमा क्रियाशील नवीकरण गरेका तर प्राविधिक रूपमा अद्यावधिक नभएका सदस्यहरूलाई समेत पार्टीको १५ औँ महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको छ ।

 

 

 

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको जारी बैठकले यस्तो निर्णय गरेको हो । पार्टी महामन्त्री गुरुराज घिमिरेले पार्टीको विशेष महाधिवेशनमा सहभागी नभएको पक्षलाई समेत १५ औँ महाधिवेशनमा सहभागी गराउने तथा निष्पक्षता सुनिश्चित गर्नको लागि यस्तो निर्णय गरिएको बताउनु भयो । महामन्त्री घिमिरेले विशेष महाधिवेशनमा सहभागी हुन नखोजेको समूहको महत्त्वपूर्ण माग पूरा गरेसँगै पार्टीभित्रको विवाद समाधान गर्न संस्थापन पक्ष लचिलो रहेको बताउनु भयो । यसअघि पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले गत पुसमा नवीकरण गरिएका क्रियाशील सदस्यलाई अद्यावधिकको बाध्यकारी प्रक्रियामा सहभागी हुनुपर्ने व्यवस्था हटाउन माग गर्दै आएको थियो । महामन्त्री घिमिरेले गत पुसमा नवीकरण गरेका सदस्यहरूले समेत डिजिटल रूपमा अद्यावधिक गर्नुपर्ने भए पनि महाधिवेशनको प्रक्रियाबाट वञ्चित नगर्ने निर्णय पार्टीले गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केही समय अघिदेखि क्रियाशीलको विषय विवादको विषयजस्तो देखिएको थियो । अद्यावधिक गर्ने र नगर्ने भन्ने दुई थरी पक्ष विपक्षजस्तो थियो । र दुई खेमामा बाँडिएको थियो । र विशेष महाधिवेशनमा सहभागी नभएको पक्ष अर्थात् अद्यावधिको प्रक्रियामा सहभागी हुन्नौँ भनेर भनिरहेको पक्षको माग के थियो भने महाधिवेशनको निष्पक्षता र महाधिवेशनमा सर्वपक्षीय सहभागिताको सुनिश्चितता प्रत्याभूतिका लागि गत पुसमा नवीकरण गरिएका क्रियाशील सदस्यहरूलाई अद्यावधिकको बाध्यकारी प्रक्रिया नअपनाउने सुविधा उपलब्ध गराउनुपर्‍यो भन्ने माग थियो । र हामीले अध्ययन गरेपछि उहाँहरू पनि डिजिटलाइजेसनको प्रक्रियामा सामेल हुनुपर्छ । तर हाललाई महाधिवेशन  प्रक्रियाबाट बञ्जित नगर्ने निर्णय ग¥यौं ? उहाँहरूले पनि डिजिटलाइजेसनमा प्रोसेस गर्नुपर्छ । तर अहिले महाधिवेशनमा सहभागी हुने व्यवस्था हामीले गरेका छौँ । उहाँहरूको माग नै हो । यो पूरा ग¥यौं ? उहाँहरू (डा. शेखर कोइराला र पूर्णबहादुर खड्का)सँगको  वार्ता सकारात्मक भएको सभापतिज्यूले हामीलाई बताउनुभएको छ । अब उहाँहरूले  निवर्तमान सभापतिज्यूसँग पनि कुरा गर्ने भनेर उहाँहरूसँग भन्नुभएको रहेछ ।

सम्भवतः हामीले उहाँहरूको एक चरणको माग सम्बोधन गरेका छौँ । अब बाँकी कुरा कहाँ पुग्यो ? उहाँहरूले जानकारी गराउनुहुन्छ ।’

उहाँकाअनुसार बैठकमा सभापति गगनकुमार थापाले आइतबार डा. शेखर कोइराला र पूर्णबहादुर खड्कासँग भएको वार्ता सकारात्मक रहेको जानकारी गराउनुभएको थियो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)