काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको सुख, शान्ति र समृद्धिको कामना गर्दै मंगलबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्नुभएको छ।
राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित पशुपतिनाथ मन्दिर पुगेर पूजाअर्चना गर्नुभएको हो। उहाँले पशुपतिनाथको दर्शन तथा पूजा गरी देश र जनताको हित एवं कल्याणको कामना गर्नुभएको थियो।
पूजाआराधनापछि राष्ट्रपति पौडेलले मन्दिरका पुजारीबाट फूलप्रसाद ग्रहण गर्नुभएको थियो।
