सोमवार, अशोज १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह


  • माउन्टेन खबर
  • आइतवार, अशोज ११, २०८३
  • 56
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लगातारको वर्षाका कारण देशभर जनजीवन प्रभावित भएकाले पार्टीका अधिवेशनसम्बन्धी निर्वाचन कार्यक्रमलाई स्थानीय अवस्थाअनुसार व्यवस्थापन गर्न आग्रह गरेका छन्।

सभापति थापाले सामाजिक सञ्जालमार्फत मौसम विभाग तथा सम्बन्धित निकायले जारी गरेका सूचना र स्थानीय अवस्थालाई ध्यानमा राख्दै विभिन्न जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न यसअघि नै पत्राचार गरिएको जानकारी दिएका हुन्।

 

उनले अहिलेको अवस्थामा सबैभन्दा पहिलो प्राथमिकता नागरिकको सुरक्षा भएको बताएका छन्। साथै, आफ्नो–आफ्नो क्षेत्रको अवस्था बुझ्दै अप्ठ्यारोमा परेका नागरिकलाई आवश्यक सहयोग र समन्वय गर्न पार्टीका नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा जुट्न आग्रह गरेका छन्।

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम बढिरहेका बेला कांग्रेस सभापति थापाले पार्टीका गतिविधिभन्दा नागरिकको सुरक्षा र उद्धारलाई प्राथमिकता दिन आग्रह गरेका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)