सोमवार, अशोज १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड


  • माउन्टेन खबर
  • सोमवार, अशोज १२, २०८३
  • 29
    SHARES

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशिष्ट व्यक्तिहरूलाई विनाकारण पक्राउ गर्ने क्रम नरोकिए सरकारले त्यसको ठूलो राजनीतिक मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ ।

सोमबार संघीय संसद् भवन, सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सुरक्षा चुनौती देखाएर गरिने पक्राउको औचित्यमाथि प्रश्न उठाउनुभएको हो ।

 

उहाँले ‘सुरक्षा थ्रेट’ रहेको भनिए पनि त्यसको नाममा पक्राउ गर्नु उपयुक्त नभएको बताउनुभयो । वास्तविक रूपमा सुरक्षा खतरा भए सम्बन्धित व्यक्तिको सुरक्षामा थप सुरक्षाकर्मी परिचालन गर्नुपर्ने उहाँको तर्क थियो ।

प्रचण्डले सरकारको पछिल्लो व्यवहार ‘छोरी पिटेर बुहारी तर्साउन खोजे’जस्तो नियतमा अघि बढेको भए त्यसको परिणाम सरकारकै लागि घातक हुने चेतावनी दिनुभयो ।
विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने क्रम जारी राखिए त्यसको मूल्य सरकारले धेरै ठूलो चुकाउनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)