झापा – नेपाली काँग्रेसको १५ औं महाधिवेशन क्रममा झापा १ मा भएको क्षेत्रीय अधिवेशनबाट उपसभापति विश्वप्रकाश शर्मा करिब ९०% मत पाएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् l मतदानमा सहभागी ७१० क्षेत्रीय प्रतिनिधिबाट ६३८ मत प्राप्त गरेर शर्मा विजयी भएका हुन् !
झापा १ साविक मेचि अंचलकै काँग्रेसको बलियो आधार क्षेत्रका रूपमा चिनिन्छ l अघिल्लो आम निर्वाचनमा काँग्रेस-माओवादी गठबन्धनबाट साविक अंचल भरिमै झापा १ मा मात्रै काँग्रेस विजयि भएको थियो l
सो क्षेत्रबाट उपसभापति शर्मा १३ औं महाधिवेशन क्रममा ११४ क्षेत्रीय प्रतिनिधि मध्ये ११२ मत प्राप्त गरेर तथा सोहि अधिवेशनको क्रममा मेचिनगर ९ को वडा अधिवेशनमा ७४ मतदातामा मतदान भएको ७० मतमा गोप्य मतदानमा ७० नै मत पाएर विजयि भएका थिए l पार्टीमा पछिल्लो जारि विवाद पस्चात् पनि झापा १ मा संस्थापन र `सिटौला पक्ष´ भनेर चिनिने समुह पनि एक पार्टी एकताको पक्षमा एक ढिक्का रहेर अधिवेशनमा सहभागी रहे l
खुला तर्फ प्राप्त मत …
१) विश्वप्रकाश शर्मा -६३८
२) केशवराज पाण्डे – ५२७
३) नारायण गिरी -४५०
४)अर्जुन राई -४४४
५)भुपु राई ४४३
६)प्रेम सम्बाम्फे -४४१
७)गोपाल तामाङ -४३९
८)लोकराज ढकाल-४२६
९)पुष्पराज पौडेल-४००
१०)टेक बहादुर लिम्बु-३४४
क्षेत्रीय सभापतिमा २१३ मतको फरकले इन्द्र बुढाथोकी विजयि बनेका छन् l
