बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आजको मौसम


  • माउन्टेन खबर
  • बुधबार, अशोज १४, २०८३
  • 46
    SHARES

काठमाडौं । आज दिउँसो देशभर आंशिक बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोसी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

 

देशको पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी प्रदेशको तराई भू–भागका  एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

आज राति कोसी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणता बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

कोसी प्रदेशको  हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)