बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीको भारत भ्रमण: ‘परिणाममुखी भ्रमण’ को पर्खाइमा काठमाडौँ र नयाँ दिल्ली


  • माउन्टेन खबर
  • बुधबार, अशोज १४, २०८३
  • 37
    SHARES

काठमाडौं  – परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणका लागि दुवै मुलुक ‘परिणाममुखी’ र अर्थपूर्ण भ्रमणको प्रतिक्षामा रहेको बताउनुभएको छ ।

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्र सङ्घको ८१ औँ महासभामा सहभागी भएर स्वदेश फर्किने क्रममा आयोजित पत्रकार सम्मेलनमा उहाँले भ्रमणको समय तय नभए पनि दुवै पक्ष सकारात्मक रूपमा छलफलमा रहेको जानकारी दिनुभएको हो ।
 परराष्ट्र मन्त्री खनालले संयुक्त राष्ट्र सङ्घको ८१ औँ महासभा नेपालको हित प्रवर्द्धनका लागि निकै फलदायी रहेको दाबी गर्नुभयो । उहाँले महासभाका क्रममा विश्वभरका राष्ट्र तथा सरकार प्रमुखहरूसँग भएको भेटघाटलाई नेपालको राष्ट्रिय स्वार्थ र बाढीपछिको विपद् व्यवस्थापनका मुद्दाहरू विश्व मञ्चमा राख्न सदुपयोग गरेको बताउनु भयो । उहाँले नेपालको राष्ट्रिय हितका लागि प्राप्त अवसरहरूको उच्चतम प्रयोग गरिएको स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीको भारत भ्रमणबारे सोधिएको प्रश्नमा मन्त्री राणाले सरकार बने लगत्तै भारतबाट भ्रमणको निम्तो प्राप्त भएको स्मरण गराउनु भयो ।
मन्त्री खनालले भन्नुभयो, ‘सरकार गठन भए लगत्तै प्राथमिकताका आधारमा भारत र चीनको भ्रमण गरी दुवै छिमेकी मुलुकसँग नेपालका प्राथमिकताका विषय स्पष्ट रूपमा प्रस्तुत गरेका थियौँ । 
 
संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा विश्वभरका सरकार तथा राष्ट्र प्रमुख र परराष्ट्र मन्त्रीसँग द्विपक्षीय तथा बहुपक्षीय छलफल गर्ने अवसरलाई पनि अधिकतम उपयोग गर्दै नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेका छौँ । यस क्रममा भोटेकोसी बाढीपछिको विपद् अवस्था र जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका चुनौतीलाई अन्तर्राष्ट्रिय मञ्चमा स्पष्ट रूपमा प्रस्तुत गर्दै सम्भव भएसम्म सबै अवसरको उपयोग गरिएको छ । 
 
प्रधानमन्त्रीज्यूको भारत भ्रमणका विषयमा प्रारम्भदेखि नै निमन्त्रणा प्राप्त भएको र नेपालले त्यसलाई सकारात्मक रूपमा लिएको छ । उपयुक्त समयमा परिणाममुखी भ्रमण गर्ने विषयमा दुवै पक्ष सकारात्मक छन् । यद्यपि भ्रमणको मिति भने अहिलेसम्म तय भइसकेको छैन ।’

सरकारले छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको भन्दै उहाँले भ्रमणले सम्बन्धलाई अझ सुदृढ र नतिजामूलक बनाउने विश्वास व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)