शनिबार, अशोज २४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस महाधिवेशनको मतदान समय साँझ ५ बजेसम्म थप


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २३, २०८३
  • 53
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय थप गरिएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले शुक्रबार बिहानदेखि सुरु भएको मतदानको समय दिउँसो ३ बजेसम्मका लागि निर्धारण गरेकोमा थप दुई घण्टा बढाएर साँझ ५ बजेसम्म कायम गरेको जनाएको छ।

 

केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सूचना जारी गर्दै मतदानको समय थप गरिएको जानकारी दिएका हुन्।

समितिले केन्द्रीय महाधिवेशनका प्रतिनिधि मतदाता तथा सम्बन्धित सबै सरोकारवालालाई समय थप गरिएकोबारे जानकारी गराएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)