आइतवार, कार्तिक १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पत्रकारमाथि धरपकड गर्नेलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक १५, २०८३
  • 55
    SHARES

काठमाडौँ –  सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकार तथा सञ्चारकर्मीमाथि भएको धरपकड, सोधपुछ र पक्राउका घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालय चःमतीमा बसेको सचिवालय बैठकले समाचार कक्ष (न्युजरुम) मै प्रवेश गरेर पत्रकार तथा सञ्चारकर्मीमाथि गरिएको धरपकड र पक्राउका घटनाबारे तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो । बैठकपछि पार्टीको निर्णय सार्वजनिक गर्दै प्रवक्ता जगदीश खरेलले पत्रकारमाथि भएको धरपकड र पक्राउका घटना गलत भएको स्पष्ट पार्नुभयो । उहाँले घटनामा को संलग्न थियो, किन र कसरी त्यस्ता गतिविधि भए भन्ने विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताउनु भयो । उहाँकाअनुसार सचिवालय बैठकले घटनामा संलग्नलाई कारबाही गर्न ढिलासुस्ती नगर्न र शिघ्र परिणाम देखाउन सरकारलाई निर्देशन दिएको छ । खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन र मानव अधिकारको पक्षमा रहेको बताउनु भयो । प्रेस स्वतन्त्रताको विषयमा पार्टीले कसैसँग सम्झौता नगर्ने उहाँको भनाइ छ । सामाजिक लोकतन्त्रलाई आत्मसात् गरेको पार्टीका लागि प्रेस स्वतन्त्रता अभिन्न अंग रहेको उल्लेख गर्दै उहाँले सञ्चारमाध्यमलाई राज्यको चौथो अंगका रूपमा सम्मान गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘प्रेस स्वतन्त्रता हननका घटना अथवा पत्रकार धरपकडका घटना अबका दिनमा दोहोरिनु हुँदैन । समाचार लेखेकै आधारमा कुनैपनि सञ्चारमाध्यम, प्रकाशक, प्रसारक वा पत्रकारले यस्तो स्थिति भोग्नु हुँदैन भन्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ ।’

रास्वपाकै नेतृत्वमा सरकार रहेकाले प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्ने जिम्मेवारी पनि सरकारको भएको उहाँको भनाइ छ । सचिवालय बैठकले आगामी दिनमा प्रेस स्वतन्त्रता हननका घटना हुन नदिन र पत्रकारले निर्वाध रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको उहाँले बताउनु भयो । प्रवक्ता खरेलले प्रधानमन्त्री कार्यालयले घटनामा आफ्नो संलग्नता नरहेको बताइरहेको सन्दर्भमा पनि घटनाको वास्तविकता पत्ता लगाउन र दोषीमाथि कारबाही गर्नुपर्ने पार्टीको धारणा रहेको स्पष्ट पार्नुभयो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)