नेपालमा शुक्रबार एकैदिन १४ जना कोरोना संक्रमित थपिएका छन् ।
उदयपुरको झुल्केस्थित एक मस्जिदमा लुकेर बसेका १६ जना भारतीय र बंगाली मुस्लिममध्ये ‘पीसीआर’ परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्यमन्त्रालयले पुष्टि गरेको छ।
मस्जिदमा विदेशी मुस्लिमहरु लुकेर बसेको थाहा पाएपछि प्रशासनले उनीहरुलाई समातेर परीक्षण गराएको थियो ।
त्यसै गरि चितवनमा पनि दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
चितवनको राप्ती नगरपालिकाका आमा–छोरामा संक्रमण देखिएको हो । उनीहरु एक महिनाअघि बेलायतबाट आएको थिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।
