आइतवार, बैशाख २३, २०८१

रसुवामा आयुर्वेद औषधालयबाट एलोपेथिक सेवा सुरु


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ७, २०७७
  • 418
    SHARES

रसुवाको उत्तरगया गाउँपालिकाले गाउँपालिकाको आयुर्वेद औषधालयमा एलोपेथिक सेवा सुरु गरेको छ । बिश्वब्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि सरकारले जारी गरेको लकडाउनको समयमा नागरिकहरुलाई प्राथमिक स्वास्थ्य उपचार प्रदान गर्नका लागि गाउँपालिकाले आयुर्वेद औषधालयमा एलोपेथिक सेवा सुरु गरेको हो ।

लकडाउनको असहज पस्थितिलाई मध्यनजर राख्दै नागरिकको प्राथमिक स्वास्थ्य उपचारमा सेवा पुर्याउन गाउँपालिकाको वडा नम्बर ५ स्थित लहरेपौवा आयुर्वेद औषधालय माझगाउँबाट यो सेवा प्रदान गर्न सुरु गरेको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए । आयुर्वेद औषधालयबाट यो सेवा सुरु गर्न नमिल्ने भएपनि नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै यो सेवा लिन सकिने व्यवस्था मिलाएको उनले बताए ।

गाउँपालिकामा पहिला यो सेवा थिएन्, लकडाउनको कारणले भएको असहज स्थितिमा नागरिकलाई दिइएको प्राथमिक सेवा महत्वपुर्ण सेवा हुन्छ, उनले भने, आयुर्वेद औषधालयबाट यो सेवा दिन नमिल्ने भएपनि नागरिकहरुको सहजताका लागि माझगाउँमा रहेको आयुर्वेद औषधालयबाट यो सेवा दिने ब्यबस्था मिलाएका छौ, ।

यो सेवामा टाउको दुखेको, रुघा खोकी लगायत सामान्य प्रकृतिका समस्याहरूको जाँच गरि निशुल्क रुपमा औषधि प्रदान गरिने बताइएको छ ।
लकडाउन अवधिभर प्रदान गरिने यो सेवाले साबिकको लहरेपौवा गाविसको २, ३ र ९ वडाका करिब एक हजार नागरिकले सेवा लिन सकिने गाउँपालिकाले जनाएको छ ।

लहरेपौवा आयुर्वेद औषधालय माझगाउँ बाट लकडाउन अबधिभर एलोपेथिक सेवा सुरु गरिएको हुदा आबश्यक पर्दा उक्त सेवा लिन गाउँपालिकाले सबै नागरिकमा अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }