आइतवार, बैशाख २३, २०८१

आज हावाहुरी र असिनासहित बर्षाको सम्भावना


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १९, २०७७
  • 502
    SHARES

काठमाडौं, बैशाख १९ । आज देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको जनाउदै मध्य र पूर्वका केही ठाउँमा राति भने चट्याङ र हावाहुरीसहित पानी पर्ने जनाइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमका नेपालका पाहाडी क्षेत्रमासमेत मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने जनाइएको छ । शुक्रबार विहानैदेखि देशभरको मौसममा बदली आएका कारण दिउँसो पश्चिम तराईका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको छ ।

त्यस्तै आज रातीसम्म देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रकृति हेर्दा अझै केही दिन मौसम सफा हुने अवस्था छैन । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २६ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }