काठमाडौं । जनता समाजबादी पार्टीका सासद सुरेन्द्र यादबले आफु अपहरणमा परेको भन्दै सरकारी वकिलको कार्यलयमा पेश गरेको मुद्दा दर्ता भएको छ ।
सरकारी वकिलको कार्यलयले डा यादबको मुद्दालाई दर्ता नं १०४७ नंम्बरमा दर्ता गरेको छ ।
यस अघि अपहरण भएको भन्दै डा यादब सहित डा बाबुराम भट्टराई, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ लगाएतका नेताहरु सासदद्धय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्ब प्रहरी महानिरिक्षक सर्बेन्द्र खनाल बिरुद्ध उजुरी दर्ता गर्न जिल्ला प्रहरी कार्यलय टेकु र सरकारी वकिलको कार्यलय पुगेका थिए ।