बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चार जना अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल अवतरण


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १९, २०७८
  • 922
    SHARES

१९ बैशाख, काठमाडौं । स्पेश–एक्स ड्रागन मार्फत् चार जना अन्तरिक्ष यात्री आइतबार बिहान पृथ्वीमा अवतरण गरेका छन् । अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) का अनुसार अन्तरिक्ष यात्रीहरु पनामा सिटी नजिकको समुद्री जलक्षेत्रमा अवतरण गरेका छन् ।

ती अन्तरिक्ष यात्रीहरु अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा छ महिना रहेका थिए । उनीहरु जलक्षेत्रमा अवतरण गर्नासाथ डुङ्गा मार्फत् उनीहरुलाई बाहिर निकालिएको थियो ।
नासाले सबै चार अन्तरिक्ष यात्रीले आफूहरु ठीक रहेको बताएको जनाएको छ ।

फ्लोरिडाको तटीय गल्फ अफ मेक्सिकोमा आइतबार बिहान २ बजेर ५६ मिनेटमा पृथ्वीमा उनीहरु अवतरण गरेका थिए । उनीहरुलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा आइपुग्न साढे छ घण्टा लागेको नासाले जनाएको छ ।

गत नोभेम्बरमा मिचेल हप्किन्स, भिक्टर ग्लोभर, शानोन वाल्कर र जापानका सोइची नोगुची अन्तरिक्षमा जानु भएको थियो । उनीहरु अन्तरिक्षमा जाँदा एलन मस्कले निर्माण गरेको स्पेश–एक्सबाट प्रस्थान गरेका थिए ।

सात जना अन्तरिक्ष यात्रीहरु अझै पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा रहेका छन् । उनीहरु गत साता स्पेस–एक्स मार्फत् नै अन्तरिक्षमा पुगेका हुन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)