बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बिहारमा मे १५ सम्म लकडाउन


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २१, २०७८
  • 879
    SHARES

२१ बैशाख, काठमाडौं । बिहारका मुख्यमन्त्री नितीशकुमारले राज्यमा पूर्ण लकडाउन हुने जानकारी दिएका छन् । उनले मे १५ सम्म पूर्ण लकडाउनको घोषणा गर्ने तयारी भैरहेको बताएका हुन् । यसबारे पूर्ण दिशानिर्देशन मंगलबार बस्ने संकट व्यवस्थापन समूहको बैठकले गर्ने उनले बताएका छन् ।

कोरोना संक्रमणको जोखिम उच्च हुँदै गएपछि भारतीय मेडिकल एसोसिएसन, पटना एम्सका चिकित्सकहरु, सिआइटी लगायतले तत्काल लकडाउन घोषणा गर्न माग गरिरहेका थिए । पटना उच्च अदालतले सोमबार यो मुद्दाका विषयमा सरकारसँग जवाफ मागेको थियो । मुख्यमन्त्री नितिशकुमारले आज संकट व्ववस्थापन समूहको बैठक बोलाएका छन् ।

यो बैठकबाट लकडाउनका लागि विस्तृत निर्देशन दिने तयारी छ । जागरण डटकमका अनुसार बिहारमा पछिल्ला दिन दैनिक १३ देखि १५ हजार नयाँ संक्रमितहरु देखिइरहेका छन् । सोमबार मुख्यमन्त्री नितिशकुमारले कोरोना संक्रमणको अवस्थाबारे बुझ्न उच्चस्तरीय बैठक बैठक बोलाएका थिए । बैठकमा उनले स्थानीय प्रशासन र प्रहरीलाई कोभिड प्रोटोकललाई कडाईका साथ पालना गराउन निर्देशन दिएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)