आइतवार, बैशाख २३, २०८१

रसुवाको उत्तरगया गाउँपालिकाले सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामाग्री वितरण गर्ने


  • माउन्टेन खबर
  • शनिबार, बैशाख २७, २०७७
  • 725
    SHARES

रसुवाको उत्तरगया गाउँपालिकाले सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामाग्री बितरण गर्ने भएको छ । सिड्स रसुवाको सहयोगमा गाउँपालिका भरिका सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामाग्री बितरण गर्ने भएको हो ।

बिश्वव्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि जारी गरिएको लकडाउनको समयमा सुत्केरी महिलाहरुको स्वास्थ्यलाई ध्यान दिदै राहात स्वरुप गाउँपालिका भरिका सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामाग्री बितरण गरिन लागिएको गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए ।

गाउँपालिका भरिका करिब दुई सय जना सुत्केरी महिलालाई वितरण गरिने तयारी गरिएको उनको भनाई छ । एक साता भित्रमा बितरण गरिसक्ने समेत लम्सालको भनाई छ । गाउँपालिकाको कोभिड १९ निर्देशक समितिको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै गाउँपालिका भरिका स्वास्थ्य चौकिमा सुरक्षा सामाग्री र वडा तथा स्वास्थ्य कार्यालय, हेल्प डेस्कमा सरसफाईका आबश्यक सामाग्रीको ब्यबस्थापनको तयारी भइरहेको जनाइएको छ । त्यसैगरि गाउँपालिका भित्रका बिपन्न तथा लकडाउनका कारण खाद्य सामग्रीको अभाबको समस्यामा परेका नागरिकहरुको सेवाको लागि सरोकारवाला निकायसँग सहकार्य गरिरहेको समेत गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }