- काठमाण्डौं।
उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट कैलाश मानसरोवर जोड्ने सडक भारतले आफ्नै भूमिमा निर्माण गरेको दावी गरेको छ। भारतीय विदेश मन्त्रालयले शनिबार साँझ वक्तव्य जारी गर्दै , ‘यो सडकले कैलाश मानसरोवर यात्राका तीर्थयात्रीहरुले प्रयोग गर्ने पहिलाकै बाटो पछ्याएको जनाएको छ।
नेपाल सरकार ले भारतले एकतर्फीरूपमा नेपालीभूमीलाई मिचेर बाँटो निर्माण गरेको भन्दै विरोध जनाएको थियो। तर, भारतीय विदेश मन्त्रालयले यो सडक भारतीय क्षेत्रमा नै बनेको दाबी गरेको छ ।
भारतीय विदेश मन्त्रालयले नेपाल र भारतको सीमा विवाद समाधान गर्न संयन्त्र बनेको भन्दै कूटनीतिक सम्वादबाट समस्या समाधान गर्न भारत प्रतिबद्ध रहेको बताएको छ ।
दुबै देश कोरोना महामारीपछि परराष्ट्र सचिवस्तरीय वार्ताको मिति तय गर्न प्रयासरत रहेको समेत भारतीय विदेश मन्त्रालयले उल्लेख गरेकोछ ।
तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपिलेक पुग्ने लिंक रोडको शुक्रवार भारतले उद्धाटन गरेको थियो।
प्रतिक्रिया
सम्बन्धित समाचार
