आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा दुवै मृगौला पिडित बिरामीको उपचारको लागि आर्थिक सहयोगको अपिल


  • माउन्टेन खबर
  • आइतवार, साउन १०, २०७८
  • 1.2K
    SHARES

रसुवा, १० साउन

जिल्लाको नौकुण्ड गाउँपालिका वडा न .२ यार्सा गाउँका दुबै मृगौला फेल भएको पिडित बिरामी सार्की छिरिङ थोक्राको उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका छ्न।

बिगत केहि महिना देखि टिचिङ अस्पताल काठमाडौंमा नियमित डाइलासिस गर्दै आएको थोक्राको परिवारिकआर्थिक स्थिति निकै नै कमजोर रहेकोले जीवन र मरणको दोसाँधमा रहेको परिवारिक स्रोतले जनाए।

केहि महिनादेखि दुबै मृगौला फेल भएर उपचारमा रहेका थोक्रालाई मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोगको अपिल गरिएको हो ।

थोक्राको मृगौला प्रत्यारोपणका लागि अहिले जिल्लामा सार्की थोक्रा बचाउ अभियान मार्फत आर्थिक सहयोग संकलन भइरहेको छ।

स्थानिय समाजसेवी युवा डिल्ली राज तामाङको संयोजकत्वमा आर्थिक संकलन अभियान संचालन गरिएको हो।अहिले विभिन्न व्यक्ति,संघ संस्था र दातृ निकायहरू बाट बिरामीको ग्लोबल आईएमई बैंक बालाजु शाखाको खाता मार्फत आर्थिक संकलन भैरहेको तामाङ्ले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)