मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुग्यो


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १५, २०७६
  • 1.2K
    SHARES

नेपालमा कोरोनाकी अर्की एक युवती भेटिएकि छिन् । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले  जनाइएको छ । युरोपबाट फर्किएकी ती युवती २२ वर्षीया छिन् ।

यससँगै नेपालमा संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । उनीहरूमध्ये एकजना भने निको भएर घर गइसकेका छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

हाल संक्रमण देखिएकी बागलुङकी ती युवती पनि चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२ विमानबाट नै नपाल आएको खुलेको छ ।

त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो । त्यसक्रममा बागलुङ नगरपालिकामा रहेको युवतीलाई पनि धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो ।

संक्रमण पुष्टि भएकी पछिल्लो युवतीलाई सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको  छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)