आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पृथ्वी राजमार्गको विभिन्न स्थानमा पहिरो


  • माउन्टेन खबर
  • आइतवार, भदौ १३, २०७८
  • 404
    SHARES

धादिङ ,१३ भदौ

दुई दिनदेखि लगातार पानी परिरहेको छ । अविरल वर्षका कारण बाढीपहिराले नागरिकलाई सास्ती दिएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङ खण्डको गल्छी, थाक्रे, धुनिबेसी क्षेत्रका विभिन्न स्थानमा पहिराले राजमार्ग अवरुद्ध छ ।

‘लाइफलाइन’का रूपमा रहेको राजमार्ग क्षेत्रमा ठाउँठाउँमा पहिराले यातायात साधन सञ्चालन हुन सकेको छैन । सडक विभाग र ट्राफिक प्रहरीको डोजरको सहायताले सडक सफा गरिरहेको तर वर्षका कारण पहिरो खस्ने क्रम भने जारी छ ।

आज पृथ्वी राजमार्गको गल्छी र त्रिभुवन राजपथको धादिङ काठमाडौँ सिमानामा रहेको चिसापानी नजिक पहिराले आज दिनभर यातायात साधन रोकिएको थियो । ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा डोजरले पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको छ । बिहानदेखि यातायात साधन रोकिएका कारण राजमार्गमा लामो जाम लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)