आइतवार, बैशाख २३, २०८१

६१ जिल्लामा कोरोना सङ्क्रमित भेटिए


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ २०, २०७७
  • 387
    SHARES

काठमाण्डौं।   कोभिड–१९ को सङ्क्रमण ६१ जिल्लामा देखिएको छ । प्यूठानमा एक र पर्वतमा सातजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको जिल्ला ६१ पुगेको हो ।

कोभिड–१९ को सङ्क्रमण आज एकै दिन २८८ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा २७० पुरुष र १८ महिलामा सङ्क्रमण देखिएको जानकारी दिनु भयो । आज देखिएको सङ्क्रमण अहिलेसम्मको बढी हो ।

यसअघि सोमबार २३९, गत शनिवार १८९ र गत शुक्रबार १७० जनामा सङ्क्रमण देखिएको थियो । योसँगै सङ्क्रमितको सङ्ख्या दुई हजार ९९ पुगेको छ । तीमध्ये पुरुष एक हजार ९४९ र महिला १५० रहेका छन् । अहिलेसम्म ६१ जिल्लाका मानिसमा सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }