काठमाण्डौं।
चलचित्र विकास बोर्डका सदस्य तथा फिल्म लेखक, निर्देशक तथा गीतकार दयाराम दाहाल अध्यक्षमा नियुक्त भएका छन्।
बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले हाल बोर्डको सदस्य रहेका दाहाललाई बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको मन्त्रीपरिषद स्रोतले जानकारी गराएको छ।
बोर्ड अध्यक्ष लागि दशजनाले आवेदन दिएकोमा दयाराम दहाल फिल्म अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी, सांस्कृति संस्थानका पूर्व महाप्रवन्धक राजेश थापा सहित३ जनाको नाम सिफारिश भएको थियो।
नब नियुक्त अघ्यक्ष दाहाल कलाकार, म्युजिक डाइरक्टर एवं रचनाकार पनि हुन् । तत्कालीन अध्यक्ष केशव भट्टराईको निधनपछि पाँच महिना देखि बोर्ड अध्यक्ष विहीन थियो।
स्पट ब्वाई हुँदै फिल्म क्षेत्रमा प्रवेश गरेका दाहाल सन् १९९२ देखि फिल्म निर्माणमा अग्रसर छन् । दाइजो, दौँतरी, चाँदनी, ढुकढुकी, जंगे, तँ त साह्रै नै बिग्रिस बद्री, भाग्यविधाता, दोबाटोलगायतका दर्जनौं चर्चित चलचित्र निर्देशन गरेका छन् ।
