आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश २ मा पुन: बढ्न थाल्यो कोरोना संक्रमण दर


  • माउन्टेन खबर
  • आइतवार, पुस ४, २०७८
  • 597
    SHARES

४ पुस, काठमाडौं । पछिल्लो समय प्रदेश २ मा स्थिर रहेको कोरोना सङ्क्रमण दर पुनःबढ्न थालेका छ । गतमङ्सिर अन्तिम सातासम्म सङ्क्रमण दर घट्दै गएकामा अहिले पुनः बढ्न थालेको जनाउँदै स्वास्थ्य कार्यालयले सर्तकता अपनाउन आग्रह समेत गरेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार विगत एक साताको अवधिमा सङ्क्रमितको सङ्ख्या झण्डै दोब्बरले वृद्धि भएको छ ।

नयाँ सङ्क्रमित थपिएकामध्ये अधिकांश धनुषाकै रहेको निर्देशनालयले जनाएको छ । गत मङ्सिर १८ गते प्रदेशमा ३४ कोरोना सङ्क्रमित रहेकामा यही पुसको ३ गतेसम्ममा सङ्क्रमितको सङ्ख्या ६५ पुगेको स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिनुभयो । ती मध्ये ६२ होम आइसोलेशनमा रहेका छन् भने तीन चिकित्सकको निगरानीमा छन् । प्रदेशमा ६५ कोरोना सङ्क्रमित रहेकामा धनुषामा मात्र ३५ सक्रिय सङ्क्रमित छन् । त्यस्तै महोत्तरीमा १६, सिरहामा पाँच, सर्लाहीमा तीन, पर्सामा चार, सप्तरीमा एक र बारामा एक जना कोरोनाको सक्रिय सङ्क्रमित रहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)