शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पाँचदलीय गठबन्धन पार्टीका लागि घातक बन्दै गएको कोराला समूहको निष्कर्ष


  • माउन्टेन खबर
  • सोमवार, माघ १०, २०७८
  • 752
    SHARES

काठमाडौं, माघ १० । नेपाली कांग्रेसको कोइराला समूहका नेताहरूले पाँचदलीय गठबन्धन पार्टीका लागि घातक बन्दै गएको निष्कर्ष निकालेका छन् ।

उनीहरुले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनबारे पार्टीभित्र कुनै छलफल नगरेको र पार्टीमा एकलौटी शासन थालेको भन्दै असन्तुष्टि जनाएका छन् ।

नेता शेखर कोइरालाले आज आफूनिकट नेताहरूसँग भर्चुअल संवाद गर्नु भएको थियो । छलफलमा महामन्त्री गगन थापा, नेताहरू चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी लगायत सहभागी हुनुहुन्थ्यो । छलफलले सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्न नहुने निष्कर्ष निकालेको छ ।

कोइराला पक्षले सभापति देउवा केही सीमित मानिसको साथ लिएर पार्टीभित्र सामान्य छलफल पनि नगरी स्थानीय तहको चुनाव र राष्ट्रिय मुद्दाहरूको विषयमा गठबन्धनभित्रै रुमल्लिएको भन्दै यसबारे उहाँलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । छलफलमा नेता कोइरालाले राष्ट्रिय निर्वाचन सम्मुखमा भए पनि त्यसबारे पार्टीको केन्द्रीय समितिमा छलफल नै नगरी प्रधानमन्त्रीले निर्णय प्रक्रिया अघि बढाउनु विडम्बनापूर्ण भएको बताउनु भएको थियो ।

कोइराला समूहले तीनै तहको निर्वाचनमा पार्टीले गठबन्धनको भारी बोक्न नहुने निर्णयसमेत गरेको छ । बैठकमा सभापति देउवाले ४० प्रतिशत बढी मतको बेवास्ता गरेको विश्लेषण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }