शनिबार, साउन ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हाँच्छ्यु गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो राष्ट्रियसभा सदस्य प्रकाश पन्थ


  • माउन्टेन खबर
  • मङ्लबार, असार ९, २०७७
  • 955
    SHARES

काठमाण्डौ। नेपाली कांग्रेस राष्ट्रियसभा सदस्य प्रकाश पन्थले हाँच्छ्यु गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो भन्दै प्रश्न गर्नुभएको छ ।

प्रधानमन्त्रीले बेला बेला भ्रामक सार्वजनिक अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै उहाँले हाँच्छ्यु गर्दा कोरोना निको हुने भए किन लक डाउन गरियो भन्नुभयो । प्रधानमन्त्री केपी शर्माउ ओलीका सल्लाहकारहरुले उहाँलाई भ्रममा पारेको समेत उहाँले बताउनुभयो । पुष्टि नै नभएका कुराहरु सल्लाहकारहरुले प्रधानमन्त्रीलाई सुनाएर संसदबाट समेत प्रधानमन्त्री ओलीले जनतालाई भ्रममा पारेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कसले झठा कुरा गरेर प्रधानमन्त्रीलाई भ्रममा पार्नुभयो ? पुष्टि नभएका खवरहरु कसले प्रधानमन्त्री ज्यूलाई सुनाउँछ ? हाच्छ्यु साच्छ्यु गरेर कोरोना जाने भए, लक डाउन किन गरिएको हो ? १० अर्ब किन खर्च गरिएको हो ?’’

स्थानीय तहका जनप्रतिनिधिहरुले अहिले पनि संघ प्रदेश सरकारबाट कुनै सहयोग नपाएको गुनासो गरिरहेको उहाँले बताउनुभयो । लामो समयदेखि आरडिटी परीक्षण बन्द गर्न सरकारलाई आग्रह गर्दा पनि नमाउनेको भन्दै उहाँले आरडिटी परीक्षण तत्काल रोकेर पीसीआरको दायरा बढाउनुपर्ने बताउनुभयो । अत्यावश्यक स्वास्थ्य सामम्रीको तत्काल आपूर्ति गरी, स्थानीय तहमा बनेका क्वारेन्टाइनहरुलाई मापदण्ड अनुसार व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

सरकारले संविधानमा भएका कतिपय राजनीतिक सहमति विपरित विधेयकहरु ल्याउने गरेको भन्दै उहाँले राजनीतिक सहमतिहरु नतोड्न पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)