शनिबार, अशोज १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने


  • माउन्टेन खबर
  • शनिबार, अशोज १७, २०८३
  • 25
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय कार्यसमितिमा हारेका नेताहरूले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने भएका छन्। कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले शनिबार साँझ प्रेस विज्ञप्ति जारी यस्तो जानकारी गराउनु भएको छ ।

निर्वाचन समितिले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली कांग्रेसको विधान, २०७६ (संशोधनसहित) अनुसार पार्टीको कुनै तहको अधिवेशनमा उम्मेदवारी दिएको व्यक्ति सोही अवधिमा आफूले उम्मेदवारी दिएको तहभन्दा माथिल्लो वा तल्लो तहको कुनै पनि कार्यसमितिको पदमा उम्मेदवार हुन नपाउने व्यवस्था रहेको स्मरण गराएको छ ।

समितिले आसन्न १५औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार भएका व्यक्तिले त्यसपछि हुने प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने स्पष्ट पारेको छ ।

त्यस्तै, पदेन महाधिवेशन प्रतिनिधि तथा भ्रातृ संघ र शुभेच्छुक संस्थाबाट आएका पदेन प्रतिनिधिहरूले महाधिवेशनमा केन्द्रीय कार्यसमितिको पदमा उम्मेदवार बन्न नपाउने कानुनी व्यवस्था रहेको पनि निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)