२०७६ चैत्र १३
लकडाउन डायरी आज लकडाउन को दोस्रो दिन हो ।हिजो पहिलो दिन भएको हुनाले दिन काट्न गारो हुने कुरो थिएन मौसम अनुकुलताको कारणले जाडो गर्मि केहि अनुभूति नगरी दिन गयो ।पत्र पत्रिका आउन छोड्यो |
ठिकै हो आउस पनि कसरि सबै ले आफ्नो तथा आफ्नोपरिवारको स्वास्थको हेक्का राख्नु पर्यो पत्र पत्रिका केहि दिन नपडौला आखिर समाचार को लागि इन्टरनेट टेलिभिजन छदैछ ।
फेरी पत्रपत्रिका अति आबस्यक मा पनि परेन तर पनि हेरिने बानि हुँदा हेर्न नपाउदा अली खल्लो हुन पुग्यो ।एस्तो नहोस COVID १९ को संक्रमण बाट इन्टरनेट टेलिभिजन प्रभावित हुन पुग्यो ।
सम्पूर्ण मानब जगतमा परेको विषम परिस्थिति को अगाडी हाम्रा साना तिना खल्लोपन, थाहा पाई नपाई हुने लाभ हानी को कुनै स्थान हुदैन र हुनु पनि हुन्न र यो लकडाउन अझ पनि लम्बिन सक्छ हामी तयार हुनुपर्छ ।
आजको आबस्यकता भनेको यो महामारी बाट कसरि मुक्ति पाउने र सामान्य अवस्था मा फर्किने भन्ने नै हो ।
हुन त अहिलेसम्म यो महामारी बाट हाम्रो देशमा कसैको निधन भएको छैन तर वसुधैव कुटुम्बकम भनेको जस्तै संसार नै एउटा सिंगो परिवार हो ।
यस अर्थमा कसैको पनि निधन हुनु भनेको हाम्रो परिवारमा अथवा सिंगो मानब जातिको लागि दुर्भाग्य हो I
आज के कुरामा अचम्म लागिरहेको छ भने भौतिक ,मेडिकल र संचार को छेत्रमा येत्रो फड्को मारेको दुनिया एउटा COVID १९ भन्ने संक्रमण बाट सम्पूर्ण रुपमा अत्तालिएको छ निरन्तर उकालो लागिरहेको संक्रमण बिरामी र मृतु हुनेको ग्राफ बाट हतोत्साही देखिन्छ ।
आज अमेरिका युरोप जस्ता सम्बृद देशहरु जसरि संक्रमण नियन्त्रण को लागि संघर्ष गरिरहेका छन् र दिनहु हताहत हुनेको संख्या बढिरहेको छ यस्तो लाग्छ आउने दिनहरुमा एस्तै अथवा यो भन्दा ठुलो महामारी आयो भने के गर्ने भनेर सोच्ने बेला आएको छ।
हाम्रो जस्तो आधारभूत सरचना नभएको देशमा यस्तो रोग संग लड्न सक्ने कुरै भएन जहाँ सरकार अधुरो सूचना दिन्छ जनता आफ्नो हिसाब ले अर्थ लगाउछन उदाहरणको लागि कहिले आबस्यक सेवा मात्र खुल्ने भनेकोमा सबै सेवा खुल्ने अनि कहिले सबै बन्द हुने । अन्तमा अहिलेसम्म जोगिएको पशुपतिनाथ ले गर्दा नै हो ।
२०७६ चैत्र १४
आज लकडाउन को तेस्रो दिन हो । खासै गर्नुपर्ने कामहरु छैन । घामले पनि लुकामारी खेलिरहेको छ।आकाश सफा छैन। मनमा फुरुङ्ग हुनु पर्ने बाताबरण देखिदैन।
घर नजिकै एउटा भाई ले मस्तले सारंगी बजाउछ जसको धुनमामा म परिवार समेत पोखराको लेकसाएडमा घुमिरहेको अनुभूति गर्छु । बास्तबमा येतिखेर पुराना रमाइला कुरा( Nostalgia )को याद गरेर पनि समय बिताउन सजिलो हुन्छ जस्तो लाग्छ ।
घरभित्र परिवार संगै छौ तर बाहिर भने सन्नाटा |
हामी कामको लागि बाहिर जाने बानि परिसकेका मान्छे घरमै बसिरहन त्यो पनि बिनाकाम अब सकस हुन थालिसकेकोछ तर लकडाउन झन् झन् कडा रुपमा लागुहोला जस्तो छ।
तेसैले अब यस्तै अप्ठेरोमा आफुलाई अव्यस्त गर्नुपर्ने छ र समय काट्न नया र नौलो उपायहरु खोज्नु पर्छ जस्तो लाग्छ ।भान्सा ,गार्डेन,पुस्तक ,सिनेमा आदि एसका विकल्प हरु हुन् | अरु पनि हुन सक्छन ।
ग्लोबल महामारी COVID १९ को चपेटामा बीस हजार भन्दा बढी मानिसहरुको निधन भैसकेको छ करिब चार लाख भन्दा बढि मानिसहरु संक्रमित छन र संक्रमित हुनेको क्रम बढ्दो रुपमा देखिएको छ यसरी हेर्दा सम्पूर्ण मनाबजातिमा भयानक ठुलो विपति आइपरेको छ ।
यस्तो लाग्छ दिनरातको अनबरत प्रयासका बाबजुद सरकारहरु आफ्ना नागरिकहरु अपेछित रुपमा बचाउन सकेका छैंनन।
यो मुस्किल ,यो छटपटी ,यो अन्योल ,यो कोलाहल र चित्कार मानिसहरुको दिनचर्या भएको छ र आशा पनि छ फेरि कोहि संजीवनी बुटी लिएर आउँछ र यो भयाबह स्थिथि बाट पारलगाउछ ।
हामी नेपालीहरु संसार का सबै कुनामा छरिएर बसेका छौ तसर्थ नेपालमात्र शुरक्षित भएर भएन आफ्ना परिबारजन भएको , नाता गोता बसेका ठाउमा के कस्तो छ चासो रहनेनै भो ।
कहिले हातमा भएको mobile सेट हेर्यो कहिले टेलिभिजन खोल्यो समय येसैगरि गुज्रिन्छ र भोलि येही क्रम दोहारिन्छ । संसारको गति रोकिएको छ हामी यसैमा बिस्तारै लोली मिलाइएरहेका छौ किन भने समय भन्दा अगाढी हामी जानै सक्दैनौ ।
नया रोग ,तिब्र संक्रमण ,भौतिक तथा जनशक्ति पूर्वाधारको अभाव तेसमाथी रोग को निदान को लागि औषधि नहुनु नै रोगसंग लड्न अथवा यस्लाई काबुमा लेराउन मुस्किल परिरहेको एथार्थ हो ।
आज हामी जो जो बैज्ञानिक अथवा विज्ञहरु यस संक्रमण को निदान को लागि औषधि आबिस्करमा लागिरहनु भएको छ उहाहरुलाई सिग्रह सफलताको कामना गरौ । अन्तमा सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुख भागभवेत। ऊँ शांतिः शांतिः शांतिः २०७६ चैत्र १५
Chat conversation end
प्रतिक्रिया