मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लकडाउन’को पाँचौ दिन, उल्लघंन गर्ने दुई सय बढी प्रहरी नियन्त्रणमा


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १५, २०७६
  • 699
    SHARES

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले आह्वान गरेको साताव्यापी लकडाउनको पाचौे दिन शनिवार पनि विहानै देखि सडक सुनसान देखिएको छ ।

सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो देखिएको छ । सुरक्षाकर्मीले सडकमा गुडेका प्रत्येक सवारीसाधनको चेकजाँचमा कडाइ गरेका छन् ।

तर पनि लकडाउनको पर्वाह नगरी सडकमा मानिसहरु निर्धक्क हिडिरहेका छन् ।

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्नेविरुद्ध कडारूपमा प्रस्तुत भएको प्रहरीले आज बिहान काठमाडौँबाट २१० लाई नियन्त्रणमा लिएको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले जारी गरेको आदेशलाई बेवास्ता गर्ने १० महिलासहित उनीहरुलाई काठमाडौँको विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख विश्वराज पोखरेलले माउण्टेन खवरलाई जानकारी दिए।

सो क्रममा ७० मोटरसाइकल र पाँच चारपाङ्ग्रे गाडीलाई समेत नियन्त्रणमा लिइएको छ ।

स्वास्थ्यजस्तो गम्भीर विषयमा सरकारी आदेशको अवज्ञा गरेकालाई कडाइ थालेको प्रहरीले आज बिहान ८ बजेसम्मको समयमा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

सरकारी आदेशको पूर्ण कार्यान्वयनका लागि शुक्रबारदेखि अनावश्यक रुपमा पैदल हिँड्नेलाई समेत प्रहरीले थप कडाइ गरेको छ।

विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी चैत १८ गतेसम्म अत्यावश्यक बाहेक बाहिर ननिस्कन आदेश जारी गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)