मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

साबुन र मास्क लिएर गाउँ पसे सांसद


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १५, २०७६
  • 1.0K
    SHARES

रसुवा, १५ चैत

रसुवाका दुई सांसद एक जनता एक मास्क, एक घर दुई साबुन अभियान लिएर गाउँ पसेका छन् । रसुवाका प्रतिनिधि सभा सांसद मोहन आचार्य र प्रदेश सांसद प्रेम तामाङ, जनताको माग बमोजिम आफनो व्यक्तिगत खर्चमा एक जनता एक मास्क, एक घर दुई साबुन अभियान लिएर गाउँ पसेका हुन् ।

कोरोना संक्रमणबाट जोगिन स्थानिय नागरिकबाट मास्क र साबुनको उच्च माग भएसँगै बितरणका लागि टिम बनाएर शनिबारदेखि आफुहरु गाउँगाउँ खटिएको प्रदेश सांसद प्रेम तामाङले बताए । उनले भने, जनताबाट नै हामीलाई मास्क र साबुनको आवश्यकता भयो, उपलब्ध गराइदिन पर्यो भनेपछि हामीलाई आउने भत्ता लगायत व्यक्तिगत खर्चबाट सामानको जोहो गरेर गाउँगाउँमा बितरणका लागि सुरु गरेका छौँ, ।
गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष, युवा क्लब, समुहको सहयोगमा जिल्लाभरका नागरिकलाई ती सामाग्री पुर्याइने भएको छ ।

शनिबार जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको ठाडे, सानोभार्खु, ठुलोभार्खु, आमाछोदिङ्मो गाउँपालिकाको गतलाङ, ग्रे, नेसिङमा वितरण गरिसकिएको उनले बताए ।

‘सम्भावना हुने ठाउँमा घरघर गएर बाडेका छौँ, नभएको ठाउँमा स्थानिय जनप्रतिनिधि, गाउँमा रहेका क्लब, समुह, स्वास्थ्य संस्थालाई नै बितरणको जिम्मा लगाएका छौँ, उनले भने, ढिलै भएपनि कोरोना संक्रमणबाट जोखिन जिल्लाभरका सबै नागरिकलाई मास्क र साबुन प्रदान गछौँ, ।

त्यस्तै जनताको माग र आवश्यक अनुसार आगामि दिनमा आफुहरुले सहयोग गर्दै जाने समेत सांसद तामाङले बताए । उनले भने, लकडाउन लम्बीयो, संक्रमण बढ्दै गएमा, जनता घर बाहिर निस्कन नसकेमा खाद्यान्नको अभाब भएमा समेत हामी घर घर पुगेर पनि प्रदान गछौँ, ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)