शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौँमा रोकिएका विद्यार्थीलाई राहत व्यवस्था गर्नुपर्छ : महामन्त्री भट्टराई


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १९, २०७६
  • 647
    SHARES

काठमाडौँ, १९ चैत । नेपाल विद्यार्थी सङ्घका महामन्त्री दिपक भट्टराईले लकडाउनको समयमा काठमाडौँमा रोकिएका विद्यार्थीलाई सरकारले तत्काल राहतको व्यवस्था मिलाउनुपर्ने बताउनुभएको छ ।

महामन्त्री भट्टराईले विश्वव्यापी रुपमा फैँलदै गएको नाबेल कोरोना भाइरस (कोभिड–१९)का कारण सरकारले गरेको लकडाउनमा घर जानबाट बञ्चित विद्यार्थीलाई सरकारले राहतको व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । “सरकारले लकडाउनलाई ख्याल गर्दै विद्यार्थीलाई राहतको व्यवस्था र सुरक्षित रुपमा घर पुग्ने वातावरण निर्माण गर्नुपर्छ,”–महामन्त्री भट्टराईले भन्नुभयो ।

उहाँले विश्वव्यापी विपद्को समयमा सबै जनताको सरकारलाई सहयोग रहेपनि सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभयो । सरकार कोरोना भाइरस रोकथामको सवालमा गैरजिम्मेवारी देखिएको उहाँको भनाई छ ।

महामन्त्री भट्टराईले विश्वमा कोरोना भाइरसको उत्पत्ती भएको झण्डै पाँच महिना पुगिसक्दापनि सरकारले नेपालमा अहिलेसम्म एक हजार जनाको मात्र कोरोना चेकजाँच गर्नु दयनीय अवस्था भएको उल्लेख गर्नुभएको । कोरोनाको नाममा सरकार भ्रष्टचारमा लागेको उहाँको भनाई थियो ।

त्रिचन्द्र क्याम्पसका पूर्व स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का सभापतिसमेत रहनुभएका विद्यार्थी नेता भट्टराईले कोरोना सङ्क्रमितको परिवार र आफन्तको समेत चेकजाँच गर्न नसक्नु दुःखद कुरा भएको बताउनुभयो । कारोनाको चेकजाँच देशैभरी गर्ने वातावरण निर्माण गर्नुपर्ने भट्टराईको भनाई छ । कोरोनालाई देखाएर भ्रष्टचार गरे त्यसको नतिजा राम्रो नहुने उहाँले बताउनुभयो ।

दैनिक रुपमा देश र नागरिकको सुरक्षामा खटिने नेपाल प्रहरी र विरामीको सेवामा खटिने स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा उपकरण –पिपिई) तत्काल पु¥याउनका लागि उहाँले सरकारलाई आग्रह समेत गर्नुभयो । भारतीय खुला नाकाका कारण गाउँमा समेत कोरोनाको भयावह स्थिती सृजना हुनसक्ने भन्दै सरकार बेलैमा सचेत हुनुपर्ने उहाँको भनाई छ ।

उहाँले कोरोना विश्वकै साझा विपद् भएकाले नीजि क्षेत्रलाई विश्वासमा लिएर सरकार अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । कोरोना भाइरसका कारण अरु रोगका विरामीले अकालमा ज्यान गुमाउनुपर्ने वातावरण सिर्जना हुँदै गएकाले यसबारे सरकारले विशेष ध्यान दिनुपर्ने महामन्त्री भट्टराईले बताउनुभयो ।

महामन्त्री भट्टराईले सीमा क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गरी भारतबाट नेपाल आउन चाहेकालाई सुरक्षित रुपमा नेपाल ल्याई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह समेत गर्नुभएको छ ।

उहाँले सरकारले कोरोनाको उपचारसम्बन्धि जनतालाई सहि सूचना सम्प्रेषण गर्नसमेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }