आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चिया बगान संग स्थानीय सरकारको गुनासो


  • माउन्टेन खबर
  • आइतवार, चैत्र २३, २०७६
  • 1.5K
    SHARES

स्थानीय सरकारले संघीय सरकारको दोहोरो चरित्रका कारण आफुहरुलाई काम गर्न समस्या भएको गुनासो गरेका छन् ।

सरकारले कृषि लगायत अत्यावश्यक र ठूला उद्योगहरुमा कर्मचारीको सुरक्षा व्यवस्था मिलाई सञ्चालन गर्न दिने निर्णय गरेपछि आफुहरु समस्यामा परेको गुनासो उनीहरुको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत विहिबार बसेको बैठकले खाद्य तथा अत्यावश्यक वस्तु र ठूला आयोजनाहरुलाई संञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

उद्योग भित्र नै कामदारलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्डहरु पुरा गरि सञ्चालन गर्न दिने निर्णय गरे सँगै स्थानीय तहमा कृषि लगायतका उद्योगहरु धमाधम खुल्न थालेपछि स्थानीय सरकारलाई व्यवस्थापनमा समस्या परेको हो । सरकारको निर्णय संगै झापामा चियावगान सञ्चालकले मजदुरलाई काममा फर्कन निर्देशन दिएपछि समस्या जटिल भएको हो ।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले सरकारको दोहोरो चरित्रका कारण स्थानीय तहमा व्यवस्थापन गर्न समस्या भएको गुनासो गरे ।

मोबाईलमा घर भित्रै बस्नु भनेर बारम्बार सन्देश पठाउने , टेलिफोनको रिङ टोनमा घर भित्रै बस्नु भनेर भन्ने अनि उद्योगहरु सञ्चालनको व्यवस्था मिलाउने भनेर स्थानीय निकायलाई भन्ने ”उनले प्रश्न गरे ?

त्रिवेणी ग्रुप झापाले बर्ने चिया बगानका मदजुरलाई काममा लगाएपछि बगान पुग्नुभएका उहाँले कयौ सरकारी कर्मचारीलाई घरमै बसाएर तलब दिने सरकारले श्रमिकलाई दिन नसक्ने भए आफूहरुले नै व्यवस्था गर्ने चुनौति दिए ।

श्रमिकलाई भेडाबाख्रा सम्झने ? टेलिफोनमा घरैमा बस्नु भन्छ । घरैमा बस्नु भन्छ अनि यतातिर श्रमिकलाई ल्याएर काम लगाउने । तपाईहरुलाई भेडाबाख्रा सम्झेको सरकारले ? गरिब दुखी मान्छे होइन ?उहाँहरुलाई रोग लाग्दैन ?त्यो पनि विषाधी छर्ने लगाईरहेको छ । श्रमिकलाई घरमा बसी बसी राख्न सरकारले सक्त्तैन भने, सरकारले हात झिक्यो भने गाउपालिकाकाले खुवाउँछ । अमेरिकाले चाईनाले थाम्न नसकेको बेला श्रमिकलाई जोखिममा काम लगाउने उनले प्रश्न गरे ?

चियाबगानले कि काममा आउन कि राजीनामा दिन दबाब दिदै जबरजस्ती मजदुरलाई हस्ताक्षर गराउदै काम लगाएको छ । चिया बगानका प्रबन्धक नितेश कुमार जैसवालले सरकारले उद्योग खोल्ने निर्णय गरेकाले आफुहरुले नगरपालिकालाई पत्र दिएर काम सुरु गरेको तर कुनै पनि मजदुरलाई जबरजस्ती काममा नलगाएको दाबी गरे ।

झापा, बुद्धशान्ति गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत इन्द्र प्रसाद चापागाईले भने तत्काल बगान खोल्न मिल्दैन भनेर जवाफ दिएको तर बगानले जबरस्ती मजदुरलाई बोलाई काममा लगाएको बताए ।

उनले भने “स्थानीय तहले मापदण्ड बनाई कोरोना भाइरस नसर्ने नफैलने कुराको ग्यारेन्टी मापदण्ड बनाई आवश्यकता बनाई आवश्यकता भएमा निर्णय गरेर काम सुरु गर्नुपर्छ । अहिले काम सुरु गर्न मिल्दैन भनेर मैले आधिकारीक ढंगले जवाफ दिएको हो ।”

चिया बगानमा काम गर्ने मजदुरहरु भने या टिप्न आदेश आएपछि आफुहरु काममा फर्केको बताए ।

एक मजदुरले भनीन् “अब आज देखि काम चालु गर्नु भन्ने आदेश आएपछि हामी आयौ । घरमा बसेर कसैले खानका लागि दिदैन । छोरा छोरी पाल्छु पर्छ । हाम्रो त यही हो जीविका । राहत दिने कुरा अरे अरे भन्ने सुनिन्छ न्यजुमा तर हामी कहा कोही आएको छैन।

बगान सञ्चालकले सुरक्षाको प्रबन्ध मिलाएको बताएपनि मजदुरसंग मास्क बाहेक अन्य सुरक्षाका सामाग्री छैनन् । तर बगानमा काम गर्ने मजदुरका नेताहरु भने न त मजदुरको सुरक्षाका बारेमा बोल्न सकेका छन् न त उनीहरुले पाउने पारिश्रमिकको बारेमा नै ।

चिया टिप्ने मजदुरलाई दैनिक प्रतिव्यक्ति ३ सय ८५ रुपैया ज्याला दिने गरेको बगानले कतिपय मजदुरलाई पुस यताको पारिश्रमिक अझै उपलब्ध गराएको छैन ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तामाकोशी, मेलम्ची लगायत ठूला आयोजनामा काम गर्ने कामदारलाई उद्योग भित्र नै सुरक्षाको व्यवस्था मिलाई काम गर्ने वातावरण मिलाउनुको साथै हिउँदे बाली काट्ने र बर्षे बाली गर्ने लगायत कृषि कार्यका लागि वाह् कृषि श्रमिक नल्याई काम गर्न अवरोध नगर्ने निर्णय गरेको थियो ।

न्यूज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)