बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रतिनिधिसभा सांसद मोहन आचार्यद्धारा नयाँ बर्षको शुभकामना


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १, २०७७
  • 700
    SHARES
प्रतिनिधिसभा सांसद मोहन आचार्यले नयाँ बर्षको अवसरमा  देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको छ।
शुभकामना सन्देश दिदै सांसद आचार्यले २०७७ सालले यस महामारीलाई अन्त्य गर्दै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ र विश्वसमुदायलाई सामान्य अवस्थामा फर्कन उर्जा प्रदान गर्ने विश्वासका साथ नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।
सांसद आचार्यले दिनु भएको शुभकामना सन्देशको पूर्ण पाठ 
शुभकामना नयाँ वर्ष २०७७ सालको शुभ अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु।
अहिले विश्व नै नोवल कोरोना भाइरस (कोभिड-१९)को कारणले आक्रान्त भएको छ। जसको संक्रमण नेपाल र नेपालीहरुमा पनि देखा परेको छ।
नयाँ वर्षको यस अवसरमा विश्वभर कोरोना संक्रमणबाट निधन भएका सम्पूर्ण नागरिकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै, यस भाइरसबाट संक्रमित नेपाल र विश्वभरका सम्पूर्ण नागरिकमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। महामारीबाट जोगिन लकडाउनको पूर्ण पालना गरौ घर भित्रै बसौ आफु पनि बाचौ र अरूलाई नी बचाउ ।
२०७७ सालले यस महामारीलाई अन्त्य गर्दै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ र विश्वसमुदायलाई सामान्य अवस्थामा फर्कन उर्जा प्रदान गर्ने विश्वासका साथ नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना।
१ वैशाख, २०७७ 
जय नेपाल: जय रसुवाली जनता : जय रसुवा
मोहन आचार्य प्रतिनिधि सभा सांसद रसुवा 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)