बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भाइरसको महामारीबाट सिङ्गो मानव जातिसहित हामी नेपाली पनि छिट्टै मुक्त हुन सकौं प्रधानमन्त्री


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १, २०७७
  • 720
    SHARES

प्रधानमन्त्री केपी शर्मा आलीले नयाँ वर्षको शुभकामना सन्देशमा कोरोना भाइरसको महामारीबाट सिङ्गो मानव जातिसहित हामी नेपाली पनि छिट्टै मुक्त हुन सकौं भन्ने कामना गरेका छन् ।

उनले भाइरसविरुद्धको जारी ‘युद्ध’को अगुवाइ सरकारले गरिरहेको भन्दै एक्लाएक्लै उभिंदै सामाजिक दूरी कायम राखेर अदृश्य शत्रु– कोरोना भाइरसलाई छल्नुपर्छ भन्नेमा सचेत हुनुपर्छ भनेका छन् ।

प्रधानमन्त्री ओलीले स्व–अनुशासनमा रहने र कोरोना भाइरसको चक्र समाप्त हुने अवधिसम्म धैर्यताका साथ पर्खिने नीति अपनाउनु अपरिहार्य रहेकोमा जोड दिए ।

शुभकामना सन्देशमा उनले सङ्कटको यस बेला सिङ्गो राष्ट्र एकताबद्ध छ भन्दै सबै राजनीतिक दलबाट प्राप्त साथ, समर्थन र रचनात्मक सुझावले सरकारलाई अझ उर्जा थपेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले बैशाख ३ गते लकडाउनको दोस्रो समयावधि पूरा हुने भन्दै यिनै दुई दिनको अवधिमा हुने प्रगतिको आधारमा कोरोना–महामारी विरुद्धको नीति कस्तो हुने भन्ने सरकारले निर्णय गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)