बुधबार, बैशाख १९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा ¥यापिड डाइग्नोस्टिक टेष्ट सुरु


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १, २०७७
  • 557
    SHARES

रसुवामा ¥यापिड डाइग्नोस्टिक टेष्ट किटबाट कोरोना भाइरसको संक्रमण परीक्षण सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट किट पठाए पछि रसुवा जिल्ला अस्पताल तथा जिबजिबे स्थित जिबजिबे ग्रामिण अस्पताल भवनमा परीक्षण सुरु गरिएको हो ।

आइतबार जिबजिबे स्थित जिबजिबे ग्रामिण अस्पताल भवनमा सात जनाको परीक्षण गरिएको छ । चार जना महिला र तीन जना पुरुषको परिक्षण गर्दा नेगेटिभ पाइएको जिबजिबे ग्रामिण अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर अभु कुमार यादबले जानकारी दिए ।

यसैगरि रसुवा अस्पातलमा एक जनाको परिक्षण गरिएकोमा उनको पनि निगेटिभ आएको जिल्ला अस्पताल रसुवाले जनाएको छ । यसअघि आइसोलेसनमा राखिएका एक जना बिरामीको स्वाब परीक्षणका लागि टेकु पठाइएकोमा यसको नतिजा पनि नेगेटिभ आएको छ ।

त्यस्तै सोमबारबाट जिल्लाको नौकुण्ड र उत्तरगया गाउँपालिकाका विदेशबाट आएकाको जाँच गरिने यादबले बताए । रसुवा जिल्ला भित्र प्रवेश गर्नुभएका हाल स्व–क्वारेन्टाईनमा बसेका र बसिरहेका ब्यक्तिहरूलाई लक्षित गरी गोसाईकुण्ड गाँउपालिका तथा आमाछोदिङमो गाँउपालिका हकमा रसुवा अस्पताल, धुन्चे र कालिका गाँउपालिका, उत्तरगया गाँउपालिका तथा नौंकुण्ड गाँउपालिकाको हकमा भने ग्रामिण सामुदायिक अस्पताल जिवजिवे कालिकामा ¥र्यािपड डाइग्नोस्टिक टेष्ट किटबाट कोरोना भाइरसको संक्रमण परीक्षण गर्ने गरि तोकिएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }