मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भोलीबाट सरकारले इ–पास उपलब्ध  गराउने


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १, २०७७
  • 667
    SHARES

लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि  अब सरकारले इ–पासको उपलब्ध  गराउने भएको छ ।इ–पास लिनका लागि https://epass.moha.gov.np/  मा गएर विवरण भर्नुपर्ने वा १११२ नम्वरमा एस एम एस गर्नु पर्ने हुन्छ। पास माग गर्नेले आफुलाई पास आवश्यक परेको औचित्व प्रमा०ित गर्ने कागजात पनि अनलाईन मार्फत उपलब्घ गर्उनु पर्ने छ। औचित्यताको आधारमा सरकारले सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत इ–पासको कोडनम्वर संम्बन्धित व्यक्तिको मोवाईलमा पठाई दिन्छ ।

गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा गृहमन्त्री रामशहादुर थापाले खाद्यान्न ढुवानी, बिरामी ओसार पसार, शव वाहन र अन्य अति आवश्यक परेको खण्डमा अनलाइनमार्फत फाराम भरेर सवारी पास लिन सक्ने बताए।

इ पास सेवाले सामाजिक दूरी कायम भई कोरोना नियन्त्रणमा सधाउ पुग्न जाने गृह मन्त्री थापाले बताए।  भोली  मङ्गलबारदेखि  यो प्रणाली मार्फत पास वितरण सेवा शुरु हुनेछ ।

मन्त्री थापाले फाराम भर्ने सबैलाई भन्दा पनि प्राप्त प्रमाणका आधारमा नदिई नहुने व्यक्तिलाई मात्रै  इ–पासको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)